पाल्पामा फलामको पाताले टाउकोमा हिर्काउने एक जना पक्राउ

22
SHARES
184
VIEWS

कार्तिक -२३
पाल्पामा फलामको पाताले टाउकोमा हिर्काएर घाइते बनाउने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको रामपुर नगरपालिका वडा नम्बर ५ का ३५ वर्षका तारा बहादुर ज्ञवाली रहेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जानकारी दिएको छ। जिल्ला प्रहरी पाल्पाका अनुसार गत कार्तिक १९ गते ज्ञवालीले सोही स्थान बस्ने दिवस रेग्मीलाई मादक पदार्थ सेवन गरि अपशब्द प्रयोग गरि गाली गलौज तथा फलामको पाताले प्रहार गरि घाइते बनाएका थिए। आरोपित ज्ञवालीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार