काठमाडौं-२३।
अनुभव वापतको अंक बढीमा १२ अंक दिने विगतको व्यावस्थालाई यथावत रुपमा कायम गर्न नेपाल राहत शिक्षक समिति धनुषा,महोत्तरी र प्रदेश समिति २ ले माग गरेको छ । शिक्षक सेवा आयोगले लिने परीक्षामा प्राप्त गरीरहेको अनुभव वापतको अंक काटिनु राहत शिक्षक माथिको अन्यय भएको भन्दै विगतको व्यावस्थालाई यथावत रुपमा कायम गर्न माग गरेको हो ।
समितिले गृहमन्त्रालयलाई ध्यानाकर्षण गराउँदै सरकारले संघीय शिक्षा ऐन ल्याउन नसकेको अवस्थामा शिक्षक सेवा आयोगले लिने परीक्षामा प्राप्त गरीरहेको अनुभव वापतको अंक काटिनु राहत शिक्षक माथिको अन्यय भएको र यस्तो कार्य गरीनु दुखद भएको बताएको छ ।
“पेसा स्थायित्वको लागि संघीय शिक्षा ऐनमा नितिगत व्यावस्था गर्न संघर्षरत रहेको साथै नेपाल राहत शिक्षक केन्द्रीय समिति र शिक्षा मन्त्रालय बिच दुई पटक सम्झौता भएको अवस्थामा यस्ता कार्य गरिनु अत्यान्त दुखद विषय हो,” ध्यानाकर्षण पत्रमा उल्लेख गरीएको छ ।
समितिले संघीय शिक्षा ऐन नल्याए सम्मलाई शिक्षक सेवा आयोगले लिने परीक्षामा अनुभव वापतको अंक बढीमा १२ अंक दिने विगतको व्यावस्थालाई यथावत कायम गर्न र उमेर हदको व्यावस्था हटाउन माग गरेको छ । साथै आउने शिक्षा ऐनमा विना विस्थापित राहत शिक्षकलाई स्थायी व्यावस्थापन गर्न माग गरेको छ ।
Discussion about this post