काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ६ जनाले कोरोनाबाट ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जानकारी दिएको छ ।
यस्तै २४ घण्टामा ४७४ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १५ हजार ७५९ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ९७९ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ९६ हजार ७८० निको हुनुका साथै ११ हजार ४६० जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१९ जना रहेको छ ।
Discussion about this post