बढ्यो नेप्से: यी १० कम्पनिको शेयरमुल्य ६% ले बढी, कुनको कति?

15
SHARES
125
VIEWS

काठमाण्डाै । शेयर बजार परिसूचक नेप्से आज साेमवार बढेको छ । नेप्से आज २६ दशमलव ४४ अङ्कले बढेर दुई हजार सात सय १५ दशमलव ३५ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, उत्पादन, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज दुई सय २८ कम्पनीका ८६ लाख ३६ हजार कित्ता शेयर चार अर्ब ७३ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको ३५ करोड ४६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज बोटलर्स नेपाल, मानुषी लघुवित्त र तेह्रथुम पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि एभरेस्ट इन्स्याेरेन्स कम्पनीको प्रमोटर शेयर र महालक्ष्मी विकास बैंकको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार