इसीडी शिक्षकलाइ पारिश्रमिक नदिने यि हुन् पालिका हेर्नुहोस्!

26
SHARES
215
VIEWS

काठमाडौं ।
प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी मासिक पारिश्रमिक नपाएपछि डेढ वर्षदेखि आन्दोलित छन् ।
विद्यालय कर्मचारी र इसीडी शिक्षकको पारिश्रमिक निकासा सम्बन्धि आर्थिक वर्ष २०७८/७९ को बुँदा नं.२१६ मा व्यवस्था भएअनुसार सात हजार रूपैयाँ स्थानीय तहले निकासा दिनुपर्ने स्पष्ट व्यवस्था हुँदाहुँदै हालसम्म निकासा नपाएको हुँदा उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
भोजपुरको षडानन्द नगरपालिका, चितवनको इच्छाकामना गाउँपालिका, रामेछाप नगरपालिकाले इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई पारिश्रमिक उपलब्ध गराएका छैनन् ।
त्यसैगरी नुवाकोटको सुर्यगढी गाउँपालिका, संखुवासभाको मकालु गाउँपालिका, सल्यानको बागचौर नगरपालिका, पाल्पाको रिब्दीकोट गाउँपालिका, रामेछापको सुनापती गाउँपालिकाले पारिश्रमिक नदिएको इसीडी शिक्षक र विद्यालय कर्मचारीहरूले जानकारी दिए ।
अदालतले दियो विद्यालयलाई यस्तो परमादेश, आगामी शैक्षिक सत्रदेखि के होला ? अदालतले दियो विद्यालयलाई यस्तो परमादेश, आगामी शैक्षिक सत्रदेखि के होला ?
पारिश्रमिक उपलब्ध नगराउने स्थानीय तहहरूमा सुनसरीको इनरूवा नगरपालिका, गोरखाको भीमसेन, अजिरकोट गाउँपालिका, जाजरकोटको छेडागाड नगरपालिका, रौतहटको गढीमाई नगरपालिका, अर्घाखाँचीको शितगंगा नगरपालिका र स्याङ्जाको भीरकोट नगरपालिका पनि रहेका छन् । स्थानीय तहले पारिश्रमिक उपलब्ध गराए पनि न्युनतम पारिश्रमिकभन्दा न्युन रहेको उनीहरूको भनाइ छ । यी बाहेक अरू पनि पालिकाले पनि पारिश्रमिक दिएका छैनन् ।
पारिश्रमिककै लागि पटक-पटक इसीडी शिक्षक र विद्यालय कर्मचारीले ध्यानाकर्षण गराए पनि पालिकाले बेवास्ता गर्दै आएका छन् । हाल इसीडी शिक्षक र विद्यालय कर्मचारीले संघीय सरकारले उपलब्ध गराएको आठ हजार रूपैयाँ पारिश्रमिक बुझेका छन् । त्यसमा पालिकाले सात हजार थप गरी न्युनतम १५ हजार रूपैयाँ दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार