कालीगण्डकीमा लोकसेवा आयोग तयारी कक्षा शुभारम्भ

25
SHARES
206
VIEWS

मीन थापा, ८ मंसिर २०७८
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले स्वास्थ्य सेवा प्रवेशका लागि लोक सेवा आयोग तयारी कक्षा संचालन गरेको छ ।

अ.हे.व.र अ.न.मी. तहका लागि गण्डकी प्रदेश सरकारले आह्वान गरेको स्थाइ दरबन्दीको पदका लागि आवेदन दिएका परिक्षार्थीहरूका लागि गाउँपालिकाले लोकसेवा आयोग तयारी कक्षा शुरु गरेको हो।

हिजो एक समारोहका बीच कालीगण्डकी अस्पताल मिर्मीको सभाहलमा लोकसेवा आयोय तयारी कक्षाको उद्घाटन कार्यक्रम शुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले यस तयारी कक्षाले लोकसेवा आवेदकहरूलाई विषयगत रूपमा सफलताका लागि टेवा पुग्ने विश्वास व्यक्त गर्दै शुभकामना दिनुभएको थियोे।

थापाले “ समृद्व गाउँपालिका, सुखी नागरिक´´ पालिकाको मुल उदेश्य र नारा रहेको हुँदा आगामी दिनमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउने बताउनुभएको थियोे।

यसैबिच लोकसेवा आयोग तयारी कक्षा उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि पालिका उपप्रमुख साबित्रा कोइरालाले भौगोलिक रूपमा कालीगण्डकी गाउँपालिका विकट रहेतापनि आफूहरू निर्वाचित भएपछि गाउँपालिकाले हरेक क्षेत्रमा विकासको अनुभूति गर्दै गएको बताउनुभएको थियोे ।

गाउँपालिकाका आवेदकहरू जो अस्थाई रूपमा हाल पालिका भित्रका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत हुनुहुन्छ वहाँहरू लयायत अन्य आवेदकहरू स्थाई कर्मचारीको रूपमा आफ्नै पालिका भित्र आउँदा स्वास्थ्य सेवा अझ राम्रो र गुणस्तर हुने हुँदा पालिका प्रमुख खिम बहादुर थापाको चाहाना बमोजिम लोकसेवा आयोग तयारी कक्षाको योजना बनाएको कालीगण्डकी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख खड्क बहादुर थापाले बताएका थिए ।

लोकसेवा आयोग तयारी कक्षाको प्रशिक्षकको रूपमा वालिङ् नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेको नेतृत्वमा नर्सिङ्ग तथा मेडिकल अधिकृतको टिमले प्ररिक्षार्थीहरूलाई Public Health , Nursing , Medicine तथा Anatomy & Physiology विषयहरू माथि अध्यापन गराइनेछ ।

यसैबिच सात नं वडाका अध्यक्ष मुक्ति प्रसाद भट्टराईको अध्यक्षता शुरू भएको उद्घाटन कार्यक्रममा २ नं
वडा अध्यक्ष नर बहादुर राना तथा ६ नं वडा अध्यक्ष
लिला बल्लब अधिकरी कालीगण्डकी अस्पतालमा कार्यरत मेडिकल अधिकृतद्वय डाक्टर रेशम राना र डाक्टर शुशिल ढुंगानाको उपस्थिति रहेको थियोे ।

उद्घाटन कार्यक्रमको संचालन अस्पतालका अहेव युवराज थापाले गर्नुभएको थियोे । ७ मंसिरबाट शुरू भएको लोकसेवा आयोग तयारी कक्षा १३ मंसिरमा समापन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार