जाजरकोट बस दुर्घटनामा ५ जनाको मृत्यु, ३० घाइते

21
SHARES
173
VIEWS

जाजरकोट, १२ मंसिर
जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् । नेपालगन्ज देखि राडिबजार आउदै गरेको ना. ६ ख. २७५७ नम्बरको रात्री बस जाजरकोटको बराहचौर नजिक राती दुई बजे दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका ३० जनाको जिल्ला अस्पताल उपचार भैरहेको छ । दुर्घटनामा दुई जना पुरुष, दुई जना महिला र एक बालिकाको मृत्यु भएको छ । दुर्घटनास्थल जिल्ला सदरमुकामबाट १० किलोमिटर पश्चिममा पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार