घाम्राङका चार किसान सामूहिक माछापालनमा

21
SHARES
173
VIEWS

लमजुङ, १३ मंसिर

लमजुङको क्व्होलासोथर गाउँपालिका-८ घाम्राङवेसीका चार वृद्धले सामूहिक माछापालन थालेका छन् । घाम्राङ नजिकैको मिदिमखोलाको माछा लोप हुन लागेसँगै चार जना वृद्ध मिलेर सामूहिक माछापालन सुरु गरेका हुन् ।

घाम्राङवेसीका ६६ वर्षे बजिरी गुरुङ, ६० वर्षे डम्वरजंग गुरुङ, ५७ वर्षीय रामबहादुर गुरुङ र ५५ वर्षीय पसबहादुर गुरुङले गत वर्षबाट सामूहिक रूपमा माछा पालन व्यावसाय सुरु गरेका हुन् ।

स्थानीय सरकारले अनुदान सहयोग गरेसँगै माछापालन व्यवसाय सञ्चालन गर्न जाँगर चलेको ५५ वर्षीय पसबहादुर गुरुङले बताए । चार जनाले ०७० मा माछापालन थालेका थिए । माछापालनबारे ज्ञान नहुँदा धेरै माछा खेर गएकाे उनीहरू बताउँछन् । क्होलासोथर-८ ले ६ लाख माछापालन व्यवसायका लागि अनुदान दिएसँगै व्यवसायमा थप हौसला मिलेको गुरुङले बताए ।

माछापालनमा लागेका ६६ वर्षीय बजिरी गुरुङले मिदिमखोलामा दुईवटा जलविद्युत आयोजना निर्माण भइसकेको र थप एक आयोजनाको निर्माण भइरहेको जानकारी दिए । गाउँका खोला नदीमा वनेका जलविद्युत् आयोजनाका कारण खोलाका माछा लोप हुने अवस्थामा पुगेपछि माछाको संरक्षणसँगै गाउँमै केही गरौ भन्ने सोचले साथीभाइ मिलेर माछापालन सुरु गरेको गुरुङ बताउँछन् । घाम्राङबेसीमा एक महिना लगाएर माछा पाल्ने पोखरी खनिएको हो । पोखरीमा पोखरा वेगनासबाट दुई हजार मूल्य बराबरको चार हजार ग्रास जातको माछा र मिदिम खोलाको १५ सय असला माछा राखिएको समूहका रामबहादुर गुरुङले बताए ।

पहिलो पटक उनीहरूले गाविसको १० हजार अनुदान सहयोगमा ०७० असारमा सामूहिक रूपमा माछापालन सुरु गरेका थिए । सो समयमा व्यवसायबाट उचित प्रतिफल नभएपछि छाडेको व्यवसाय पुन: गत वर्षबाट सुरु गरेका हुन् । मिदिमखोला नजिकै एक हल जग्गामा व्यवस्थित पोखरी बनाएर व्यवसाय सुरु गरिएको माछा पालक समूहका कृषक डम्वरजंग गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार