स्क्रब टाइफसले किशोरीकाे अवस्था गम्भीर, उपचारका लागि सहयोग अभियान सुरु

21
SHARES
176
VIEWS

खोटाङ, १४ मंसिर

खोटाङमा स्क्रब टाइफस रोगले गम्भीर बिरामी परेकी किशोरीको उपचारका लागि सहयोग अभियान थालिएको छ । स्क्रब टाइफसको समस्याले गम्भीर बिरामी परेकी रावाबेँसी गाउँपालिका-१ कुभिन्डे दम्कु गैरी निवासी समिता राईको सहयोगार्थ सहयोग अभियान थालिएको हो ।

हाल सरस्वती मावि दिक्तेलमा कक्षा १२ मा अध्ययनरत किशोरीको उपचारका लागि ‘समिता राई बचाऔं’ अभियान थालिएको आफन्त टीकाराम राईले बताए ।

स्क्रब टाइफस रोगले १६ कात्तिकदेखि बिरामी परेकी समिताको २३ कात्तिकदेखि काठमाडाैंस्थित अस्पतालमा आइसियूमा राखेर उपचार भइरहेको छ । उपचार गर्नेक्रममा ६ लाख खर्च भइसकेको तथा उपचार गर्न सक्ने आर्थिक अवस्था नभएकाले समिता बचाऔं सहयोग अभियान थालिएको हो ।

समिताको सहयोगका लागि उनकै दिदी संगीता राईलाई ९८१६७७३७८२ मा फोन गरेर वा ग्लोबल आइएमई बैंकको खाता नम्बर एफ ९०७०१०००११३३ मा रकम जम्मा गरेर सहयोग गर्ने व्यवस्था मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार