९ बर्षीया प्रेन्सा रेग्मी ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड २०२२ मा चयन!

16
SHARES
132
VIEWS

काठमाडौँ / पोखराकी ९ वर्षीया अभियान्ता प्रेन्सा रेग्मी ‘ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड २०२२’ मा चयन भएकी छिन् । विश्वभरका ६८ भन्दा बढी देशहरूमध्येमा एक सय बाल प्रोडिजीमा प्रेन्सा छनोट भएकी हुन् ।

आयोजकले पहिलो–अन्तर्राष्ट्रिय बाल प्रोडिजी पुरस्कारमा प्रेन्साको प्रतिभा र कामका आधारमा छनोट गरिएको जनाएको छ । प्रेन्साले कोरोना महामारीका बेला जारी भएको लकडाउनका बेला फुड बैंक, क्लोथ बैंक र बुक बैंक अभियान चलाएकी थिइन् । बुक बैंक अभियानलाई भने प्रेन्साले अहिले पनि निरन्तरता दिएकी छिन् ।

२०२२ को फेब्रुअरीको अन्तिम साता दुबईमा अवार्ड समारोह आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय अवार्डमा छनोट हुँदा देशलाई चिनाउने मौका मिलेको र आफूलाई गर्व लागेको प्रेन्साले बताएकी छिन् । अन्य समाचार | काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न अपिल गरेको छ । कोभिड–१९ को ‘ओमिक्रोन’ भेरियन्टको सङ्क्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न तथा सावधानी अपनाउन मन्त्रालयले अपिल गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालमा सङ्क्रमण फैलिन नदिन अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न आग्रह गरिएको बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म याे भेरियन्ट नेपालमा फेला परेको छैन । उहाँले ओमिक्रोन भेरियन्टको आवश्यक निगरानी र परीक्षणको दायरालाई फराकिलो पारिएको बताउनुभयो ।

नयाँ देखिएको यो भेरियन्टलाई समयमै सावधानी अपनाइ नेपालमा प्रवेश हुन नदिन र जनजीवनलाई सामान्य राख्न मन्त्रालय तथा सबै निकाय तीव्र रूपमा एक भएर काम गरिरहेको अवस्था छ, उहाँले विज्ञप्ति जारी गर्दै भन्नुभएको छ ।

उहाँका अनुसार याे भेरियन्टले बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर पार्ने देखिएको छ । ओमिक्रोन सङ्क्रमण रोक्न सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डको पालना गर्न/गराउनसमेत मन्त्रालयले अनुरोध गरेको छ ।

केही दिनअघि मात्र अफ्रिकी देशमा पहिचान गरिएको ओमिक्रोन भेरियन्ट (बी.१.१.५२९) साउथ अफ्रिका तथा एसियाका केही देशमा अहिले तीव्र विस्तार भइरहेको अवस्था छ । विश्व स्वास्थ्य सङ्गठनले यो नयाँ भेरियन्टलाई विश्वव्यापी ‘भेरियन्ट अफ कन्सर्न’ भनी घोषणा गरेको छ ।

मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपले कोभिड–१९ बाट बचाउन मद्दत गर्ने भएकाले आफूलाई पायक पर्ने ठाउँमा गइ खोप लगाउन पनि अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार