शिक्षक सेवा आयोगको मावि तहको खुला विज्ञापन (पढ्नुहोस्)

39
SHARES
324
VIEWS

काठमाडौं/२८ मंसिर–शिक्षक सेवा आयोगले माध्यामिक तहको शिक्षक पदपुर्तिकको लागि खुला विज्ञापन गरेको छ । माध्यामिक तहको १ हजार ५ सय ४४ शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन गरेको हो ।
आयोगको अनुसार पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माग ६ गतेसम्म अबिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नुपर्ने छ । साथै चैत्र १५ परीक्षा सञ्चालन गरीने जनाएको छ ।
त्यसैगरी परीक्षा आवेदन फारम म्यानुअल नभई अनलाइनबाटै भर्ने व्यावस्था गरेको जनाएको छ । म्यानुअलबाट फारम भराउँदा समय लाग्ने भएकोले अनलाइनबाटै फारम भर्ने व्यावस्था गरीएको सूचना अधिकारी सुदर्शन मरहट्टाले बताए ।
पहिलो पटक आयोगले अनलाइनबाट आवेदन दिन सकिने व्यावस्था गरेको हो । यसबारे विस्तृत जानकारी मंसिर २९ गतेको गोरखापत्रमा आउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार