डाक्टरकाे घरमा कालाे ब्यानर राख्ने, घरबाहिर हुलदङ्गा गर्नेलाई कारबाही गर्न सिफारिस

19
SHARES
103
VIEWS

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले चितवनमा डाक्टरको घरमा कालो ब्यानर राख्ने र काठमाण्डौमा सिभिल अस्पतालका डाक्टर बस्ने घरबाहिर हुलदङ्गा गर्नेहरुलाई कारबाही गर्न प्रशासनलाई सिफारिस गरिएको जानकारी दिनुभयो ।
उहाँले स्वास्थ्यकर्मीलाई गरिने दुर्व्यवहार सह्य नहुने भन्दै दिनरात नभनी काम गरिरहेका स्वास्थ्यकर्मीलाई सम्मान गर्न आग्रह गर्नुभयो । भोक र तिर्खा नभनी डाइपर समेत लगाएर बिरामीको सेवामा खटिइरहेको बेलामा उनीहरुलाई सघाउनु सबैको कर्तव्य भएको मन्त्रालयले जनाएको छ । स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार हुने क्रम बढेसँगै विभिन्न पार्टीदेखि जनस्तरबाट पनि कारबाहीकाे माग उठेकाे छ ।स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारी कोरोना सङ्क्रमण बढेसँगै स्वास्थ्यकर्मीमा मानसिक तनाव बढेको बताउनुहुन्छ । उहाँका अनुसार हरेक दिन स्वास्थ्य मन्त्रालयमा सुरक्षा र बासको व्यवस्था मिलाउन भन्दै स्वास्थ्यकर्मीको गुनासो आउने गर्छ । शिक्षित व्यक्तिको बाहुल्यता र सम्पन्न शहर भनिए पनि काठमाण्डौ उपत्यकामा नै यस्तो समस्या बढिरहेको उहाँ बताउनुहुन्छ । उपत्यका बाहिर त झन् बढी समस्या छ । भाडामा बस्नेलाई मात्रै होइन, अहिले आफ्नै घरमा पनि स्वास्थ्यकर्मीले बास पाउन मुश्किल छ । भाडा बसेकालाई घरबेटीले ताला लगाइदिने, घरै भएकालाई परिवारका सदस्य र आफन्तले काम छोड्न दबाब दिने जस्ता मानसिक समस्या स्वास्थ्यकर्मीले झेल्नु परेको छ । स्वाथ्यकर्मीसँग जम्काभेट भइहाले पनि अनुहारमा हेर्दै नहेर्ने, छिः छिः र दूरदूर गर्ने प्रवृत्ति बढ्दै गएकाले उनीहरुको सुरक्षामा नै चुनौती बढेको डा. अधिकारी बताउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार