कालीगण्डकी सहकारीको १७ औं साधारणसभा सम्पन्न

32
SHARES
263
VIEWS

चुरामणि तिमिल्सिना
पुस -३ कालीगण्डकी कृषि बहुउद्देश्यीय सहकारी संस्था लि. सत्यवति गाउँपालिका वडा न १ अस्लेवा गुल्मीको १७ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हरि हर पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा सत्यवति गाउँपालिकाका सामाजिक बिकास समितिका समियोजक तथा वडा न १ का वडा अध्यक्ष भिम लाल पाण्डे प्रमुख अथिती रहनु भएको थियो।

कार्यक्रममा सहकारी अभियनता उमनाथ पाण्डे विशिष्ट अथिती रहनु भएको थियो सन्चालक समितिका सदस्य यज्ञ बहादुर पाण्डेको स्वागत मनतब्यबाट सुरु भएको कार्यक्रममा वडा सदस्य मुक्तिराम पाण्डे , मिना परियार लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो। सहकारीका अध्यक्ष पाण्डेले बार्षिक प्रतिवेदन , लेखा समितिका सदस्य माधब प्रसाद ढकालले लेखा प्रतिबेदन र कोशध्यक्ष कृष्ण प्रसाद पाण्डेले बार्सिक प्रतिबेदन प्रस्तुत गर्दै आर्थिक बर्ष ७७/ ७८ को २ करोड ८२ लाख बराबरको कारोबार भएको जानकारी दिनुभयो।

कार्यक्रममा जेष्ठ नागरिकका तर्फबाट लोक नाथ पाण्डे , उत्कृष्ट कृषक खिमलाल पाण्डे , यस्तै यश इ इ मा सर्वकृष्ट अन्क ल्याउन सहकारीका सदस्यकि छोरि निर्मला कुवरलाई संमान गरिएको थियो । कार्यक्रममा प्रमुख अथिती अध्यक्ष पाण्डेले अबका समयमा सहकारीमा आबद्ध भइ कृषि क्रान्ति नै गर्न सकेमा यहाँको जीवन स्थर सजिलै उकासिने र अन्य नयाँ आयम गर्न पनि प्रेरण मिल्ने बताउनु भयो। आजै हरि हर पाण्डेको अध्यक्षमा नया कार्य समेत गठन भएको छ जस्को उपाध्यक्षमा तोयनाथ पाण्डे , सचिबमा बिष्णु प्रसाद पाण्डे , कोशध्यक्षमा कृष्ण प्रसाद पाण्डे , यस्तै लेखा समितिमा माधब प्रसाद ढकाल , र धितो समितिमा मुक्तिराम पाण्डे चयन हुनु भएको छ ।कार्यक्रमको संचालन संस्थाका सचिब बिष्णु प्रसाद पाण्डेले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार