एक लाख भन्दा बढी पुरस्कार राशी सहित नव मिर्मिरे युवा क्लबले भलिबल प्रतियोगिता आयोजना गर्ने

48
SHARES
396
VIEWS

पुस -१५
स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ मा अवस्थित नव मिर्मिरे युवा क्लब मिर्मीले खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगितामा प्रथम पुरस्कार रु १ लाख ५ हजार , द्वितीय पुरस्कार रु ७० हजार , तृतीय पुरस्कार रु ५० हजार र सान्त्वना पुरस्कार रु १५ हजार राखिएको क्लबका अध्यक्ष छवि किरण भट्टराईले जानकारी दिनु भयो। यस्तै गरि प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार रु ५ हजारको व्यवस्था गरिएको अध्यक्ष भट्टराईले जानकारी दिनु भयो।

क्लबले बिगतका वर्षहरुमा भलिबल प्रतियोगिता आयोजना गर्दै आएको बताउनु हुँदै अध्यक्ष भट्टराईले खुला पुरुष प्रतियोगिता आयोजना गरिएकोले संघ संस्थामा आवद्ध जो कोहीले पनि भाग लिन सक्ने र खेलमा सहभागिता जनाउन अपिल गर्नु भयो।

प्रतियोगितामा सहभागी हुन माघ ८ गते देखि ११ गते सम्म प्रतियोगी समूहहरुले दर्ता गराउनु पर्ने छ। खेल सञ्चालन माघ १२ गते देखि स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ मिर्मीमा अवस्थित खेल मैदानमा हुने खेल संयोजक नारायण भट्टराईले जानकारी दिनु भयो छ।
प्रतियोगिता संयोजक नारायण भट्टराई रहनु भएको छ भने सह संयोजकमा शिव पाण्डे रहनु भएको छ।

कालीगण्डकी गाउँपालिका क्लबद्वारा आयोजना गरिएको यो नै सर्वाधिक धनराशि सहितको भलिबल प्रतियोगिता भएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार