चुरामणि तिमिल्सिना
पुस -२१ सीप सिकौ स्वरोजगार बनौ भन्ने मुल नाराका साथ पाल्पाको अर्गलीमा सात दिने चिप्स दालमोट नमकिन तथा भिजिया बनाउने तालिम चार दिनैमा प्रभाब कारी बन्दै गएको प्रशिक्षाथी बिद्यार्थी बिनिता सारुले बताउनु भयो ।
सात दिन सम सन्चालन हुने तालिममा चार दिन सम्म चिप्स, आलुभुजिया, चामलको पिठोको पापड , चनाको दालमोट, बेसनको भुजिया गठिया , बुन्दीको लडु बनाउन आफुहरु सक्षम भएको लक्ष्मी राकस्कोटीले बताउनु भयो ।
यता कार्यक्रममा प्रशिक्षक कुशुल ठाडा मगरले दिदी बहिनीहरु तालिममा निकै उत्साहित भएको कारणले सीप छिटो सिकेको बताउनुभयो । उहाँले नमकिन दालमोटका विभिन्न परिकारहरु अझै सिकाउन बाकी रहेको बताउनुभयो। नेपाल आदिबासी जनजाती गाउँ उत्थान समन्वय समिती पाल्पा अर्गलीको समन्वय र तानसेन नगर पालिका वडा नम्बर १४ अर्गली पाल्पाको सहयोगमा कार्यक्रममा सन्चालन भएको छ। तालिम २३ गते सम्म सन्चालन हुने संस्थाकी उपाध्यक्ष सुमित्रा रानाले जानकारी दिनु भयो।
तालिममा ३५ जनाको सहभागीता रहेको छ । तालिमको आयोजना घरेलु कार्यलय पाल्पाले गरेको थियो।
Discussion about this post