स्याङ्जामा संगै कालिज मार्न गएका एक जनाको मृत्यु- ६ जना पक्राउ

104
SHARES
865
VIEWS

पुस -२५
स्याङ्जामा ज्यान कसुर मुद्दामा ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलय स्याङ्जाका अनुसार आँधीखोला गाउँपालिका वडा नम्बर १ कालीखर्कमा बन कुखुरा मार्न गएकाहरु मध्ये मनोज बिकको भरुवा बन्दुकको छर्राले लागेर घटना स्थलमा मृत्यु हुन पुगेको थियो।

मृत्यु भएका मनोज बिकलाई छोडेर संगै गएका अन्य ६ जना घटना स्थलबाट भागेका थिए। घटना स्थलबाट भागेका आँधीखोला गाउँपालिका वडा नम्बर -१ बस्ने सुनिल बिक , रेवत बिक ( दिनेश ), फनुनारायण अधिकारी र साजन बिकलाई २३ गते रुपेन्देही बसपार्कबाट पक्राउ गरिएको जिल्ला कार्यलय स्याङ्जाले जनाएको छ। पक्राउ परेका सवै जनालाई ज्यान मुद्दा कसुरमा जिल्ला अदालत स्याङ्जाबाट अनुमती लिएर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। एक नाले बन्दुन एक थान , बारुद २ ग्रान सिसाको छरा २४ थान र सलाई २३ बट्टा समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार