माघ -७
यम सोमै
के तपाईं सामाजिक संजालमा अत्याधिक समय बिताउनु हुन्छ? यदि धेरै समय सामाजिक संजालमा बिताउने बानी छ भने तुरुन्तै कम गर्नु होस्। अन्याथा तपाईं डिप्रेसनको शिकार बन्न सक्नु हुनेछ। अनलाइन मिडिया कालीगण्डकी पोष्टले गरेको सर्वेक्षणमा धेरै जसो व्यक्तिले सामाजिक संजालको अत्याधिक प्रयोगले आफुहरुमा मनोवृत्तिमा बिचलित आएको बताएका छन् । विशेष गरि आफुले अत्याधिक मेहनत गर्दा पनि सफलता प्राप्त नहुने तर अरुले सफलता पाएका पोष्टहरु देख्दा आफुहरुमा हिनताबोध आएको बताएका छन् । आफू संगै पढेका साथीहरुले घर , घडेरी जोडेका , कार किनेका लगायत सफलता पाएका पोष्ट हरु सामाजिक संजालको माध्यमबाट देखेकाले आफुलाई कमजोर ठान्ने प्रवृत्ति बढेको जनाइएको छ।
आफ्नो जीवन आफुले सोचे अनुरुप नभएको भान त्यति खेर हुदोरहेछ जति खेर आफू संगैका साथीहरु माथिल्ला तहमा पुगेका , सफलता पाएका पोष्टहरु यहि सामाजिक संजालमा देखा पर्दछ , नाम उल्लेख नगर्ने सर्तमा एक जना सामाजिक संजाल प्रयोगकर्ताले बताउनु भयो।
सामाजिक संजाल ऐना भएकोले यस्को प्रयोग गर्दा होशियारी पुर्याउनु पर्ने देखिन्छ। धेरै जसोले सामाजिक संजालमा पोष्ट गर्ने कुरा आफ्नो जीवनसंग मिल्दोजुल्दो हुने देखिएको छ। कसैको अंगालोमा हुनुको अर्थ उ संग प्रेममा हुनु होइन भन्ने भावको पोष्ट देखिनुको अर्थ उनी आफ्नो श्रीमानसंग खुसी नभएको अर्थ लाग्ने गर्दछ। जुन अर्थ सहि समेत हुने गरेको छ। यसबाट तपाईंले सामाजिक संजलामा पोष्ट गरेको पोष्ट वा सेयर गरेका अपडेट हरुबाट तपाईंलाई मूल्यांकन गरि रहेका छन् भन्ने कुरा भुल्नु हुँदैन । सामाजिक संजालमा भएको पोष्टको आधारमा तपाईं हाम्रो चरित्रको मूल्यांकन पनि मानिस गरिरहेका हुन्छन् भन्ने कुरा पनि विर्सन कदापि हुनु हुदैन । सामाजिक संजालमा सेयर गरिने यस्ता पोष्टहरु पोष्ट गर्ने व्यक्तिको मन छोए पछि पोष्ट हुने समेत अनुसन्धानले देखाएको छ।
अरुको डाह ईष्र्या किन गर्न पर्यो भन्ने प्रश्न पनि यहाँ उठ्न सक्छ । माया , ममता , क्रोध , डाह र अहंकार मानवीय गुणहरु हुन् । मानव जातीले यी अन्तर्निहित गुणहरुलाई अंकुश लगाउन प्रायः कठिन हुने गरेको देखिन्छ। जति मन बलियो बनाउन खोजे पनि नसकिने अनुसन्धानले देखाको छ।
अर्को तर्फ सामाजिक संजलामा पोष्ट हुने बेथिति, भद्रगोलको अवस्था , राजनीतिक अराजकता तथा विसंगतीहरु देखेर मन बिचलित हुने गरेको पाइएको छ। मानौ कि आफुलाई मन पर्ने कुनै प्रतियोगिताको सहभागी कार्यक्रमबाट बाहिरिदा समेत चिन्ता बढेको र आफू हतास हुने गरेको प्रयोग कर्ताले बताएका छन् ।
सामाजिक संजाल मार्फत साथी नचिनेका मानिसलाई साथी बनाउने पछि गएर त्यहीँ मित्रताको कारण मानसिक तनाव थपिने देखिएको छ। अझ कतिपय विवाहित पुरुष तथा महिलाहरुको घरबार यसै कारण बिगि्रएको देखिएको छ। वैदेशिक रोजगारीको शिलशिलामा श्रीमानश्रीमती अलग हुनु पर्ने भएकोले सामाजिक संजालले आगोमा घ्यू थप्ने काम गरेको छ।
के सामाजिक संजाल आफैमा खराव छ ?
सामाजिक संजला आफैमा गलत छैन। गलत तरिकाले यस्को प्रयोग गर्दा सामाजिक संजाल गलत भएको छ। यस्का अनिगिन्ती फाइदाहरु पनि रहेका छन् । यस्लाई राम्रोसंग प्रयोग गर्न सकिएन भने डिप्रेसेन जस्तो भयानक मनोरोगको सिकार समेत यस्ले बनाउन सक्दछ ।
Discussion about this post