पाल्पामा एक महिलाको हत्या गरेको आरोपमा ३ जना पक्राउ

484
VIEWS

माघ -७
पाल्पामा एक महिलाको हत्या गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी एवम् प्रबक्ता लक्ष्मण पचभैयाका अनुसार हत्या गरेको आरोपमा पक्राउ पर्नेहरुमा तानसेन नगरपालिका वडा नम्बर ६ का ४२ वर्षीय कमल बहादुर घर्ती थापा , २७ वर्षीय सुनिल परियार र २० वर्षीय हरि सुनार रहेका छन् ।

प्रबक्ता एवम् सूचना अधिकारी पचभैयाका अनुसार गत पुस २३ गते तानसेन नगरपालिका ६ कुनसरे डाँडा कि ६५ वर्षीया सरस्वती देवी घर्ती मगर मृत अवस्थामा फेला परेकी थिइन ।

मृतक सरस्वती देवी घर्तीकी छोरा गणेश थापाले उक्त हत्या आरोपित तीन जनाले गरेको भन्ने किटानी जाहेरी पश्चात् आरोपितलाई पक्राउ गरिएक प्रहरीले जनाएको छ। पक्राउ परेका तिनै जनालाई प्रहरी हिरासतमा राखिएको र उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार