चितवन- भरतपुर अस्पतालको आइसोलेशनमा उपचाररत एक सङ्क्रमित भागेका छन् । भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष आज बिहान ५ बजे भागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार यही भदौ ५ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनलाई भरतपुर अस्पतालको आइसोलेशनमा ल्याएर उपचार गराइएको थियो । केही दिनअघि चोरीको आरोपमा पक्राउ परेका उनमा कोरोना पोजेटिभ देखिएपछि अनुसन्धान जारी राख्दै परिवारलाई जिम्मा लगाएर उनलाई अस्पतालको आइसोलेशनमा राखेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।
अस्पतालको आइसोलेशनबाट भागेका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । अहिले अस्पतालको आइसोलेशनमा ६८ सङ्क्रमितको उपचार भइरहेको छ ।



















Discussion about this post