माघ-११ स्याङ्जाको कालीगण्डकीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा परि मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका वडा नम्बर -२ कोटाकोटका १८ वर्षिया गोविन्द पाण्डे रहेका छन् । सेरा स्थित कच्ची सडक खण्डमा लु ३७०२ नम्बरको ट्याक्टरबाट लडेर पाण्डे गम्भीर घाइते भएकोमा पाल्पामा उपाचारका क्रममा मृत्यु जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले कालीगण्डकी पोष्टलाई जानकारी दिनु भयो।
मृतक पाण्डे सोही ट्याक्टरका चालक समेत रहेका थिए।
Discussion about this post