माघ -१२
पाल्पाको वर्तुङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आज दिउँसो २:३० बजेको समयमा तानसेन नगरपालिका वडा नम्बर ६ वर्तुङचोकमा सोही दिशा तर्फ गैरहेको लु १ त ४६१५ नम्बरको ट्याक्टर र लु ४४ प १६१९ नम्बरको स्कुटर एक आपसमा ठोकिदा उक्त दुर्घटना हुन पुगेको थियो । दुर्घटनामा परि माथागढी गाउँलालिका वडा नम्बर ३ बस्ने ५५ वर्षीया कान्तिसरा गाहा घाइते भएकोमा लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारका क्रममा मृत्युु भएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ। उक्त सवारी दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
Discussion about this post