लमजुङमा २० सहित गण्डकी प्रदेशमा २३ जना कोरोना संक्रमित थपिए :

23
SHARES
111
VIEWS

नेपालमा कोरोना महामारीको संक्रमण तिब्र गतिमा फैलिरहेको छ। गण्डकी प्रदेशमा पोखरामा कोरोना संक्रमण तिब्र रुपमा फैलिएको छ। यसै बिच लमजुङमा पनि एकै पटक २० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। बेसि शहर नगरपालिकाका २० जना पुरुषमा कोभिड- १९ को संक्रमण देखिएको हो। लमजुङमा आज पुष्टि भएका २० जना संक्रमित हरु मध्य १७ जना नेपाल सेनामा कार्यरत रहेका छन् ।अन्य तीन जना स्थानीय आइएमइमा कार्यरत व्यक्ति रहेका गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले प्रेस बिज्ञप्ति मार्फत जनाएको छ। लमजुङमा यो सङ्ख्या हाल सम्मकै उच्च सङ्ख्या रहेको बताइएको छ। संक्रमित हुने अन्य नवलपरासीका १ जना र कास्कीका दुई जना रहेका छन् । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या १९३६ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार