उत्पादन जनशक्तिलाइ नेतृत्व गर्ने सिटीइभिटीले मात्र हो: शिक्षामन्त्री

26
SHARES
216
VIEWS

काठमाडौं /१७ माघ-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी)ले जनशक्ति उत्पादन गरी सीप र रोजगारसँग जोड्ने संस्था भएको बताएका छन् ।

आइतबार भक्तपुरस्थित सिटीइभिटीका कर्मचारीसँगको छलफलमा मन्त्रीपौडेलले देशलाई चाहिने जनशक्ति उत्पादन गर्ने संस्था सिटीइभिटी भएकाले वर्तमान अवस्थामा भएको भन्दा फरक योजना बनाई कार्यान्वयनमा लग्न निर्देशन दिए ।
‘ऐन, नियमावली र नितिमा समस्या छन् भने बुँदागत रुपमाल्याउनुस् समाधान गरौं’ मन्त्रीपौडेलले भने, ‘ यो संस्था वर्तमानको स्थिति भन्दा फरक हुनप¥यो ।’

१० औं वर्षदेखिका फाइलहरु पेन्डिङमा राखेर नहुने बताउँदै मन्त्रीपौडेलले निकास दिनेमा गम्भीर बन्न कर्मचारीलाई निर्देशन दिए । अब नयाँ बजेट बन्ने प्रक्रिया शुरु हुनलागेको भन्दै मन्त्रीपौडेलले आवश्यकता के के हुन टिर्पोट गरेर मन्त्रालयमा पेश गर्न आग्रह गरे ।

‘नयाँ बजेटको प्रक्रिया थालनी हुँदैछ,’ मन्त्रीपौडेलले भने, ‘संस्थाका आवश्यकता के–के हुन् मन्त्रालयलाई दिनुहोस्’ मन्त्रालयले २०३० सम्मदिगो विकासको लक्ष्यलिएको बताउँदै त्यसका लागि अहिलेदेखि योजनाबद्ध रुपले काममा लाग्नुपर्नेमा जोड दिए ।

सोहीक्रममा शिक्षा सचिव यादवप्रसाद कोइरालाले पारर्दशीता र सुसासनमा छुट नहुने भन्दै नियम विपरित भए मन्त्रालयले दण्डित गर्ने बताए । ‘मन्त्रालयले कर्मचारी र संस्थाको हितहुने गरी ऐन बनाउँछ,’उनले भने, ‘मन्त्रालय कर्मचारीको अभिभावक हो पारर्दशीता र सुशासनमा प्रतिबद्ध हुनुहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार