प्रचण्डद्वारा अात्मनिर्भर अर्थतन्त्रको लागी देशभक्ति भावना जागृत गराउन आग्रह

18
SHARES
147
VIEWS

अध्यक्ष क. प्रचण्ड ले स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि राष्ट्रियता र देशभक्ति भावना जागृत गर्न सबै नेपालीमा आह्वान गर्नुभएको छ।

समाजवादी लक्ष्य हासिल गर्न र राष्ट्रिय भावनाको विकास गर्न खबरदारी आवश्यक रहेको उहाँको जोड छ ।

तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा आज शुभकामना सन्देश दिँदै अध्यक्ष क. प्रचण्डले भन्नुभयो ‘संविधानले सुनिश्चित गरेको समावेशीता र समानुपातिकतालाई मजबुत गरी समाजवादी लक्ष्य हासिल गर्न र राष्ट्रिय भावनाको विकास गर्न पनि समुदायको सचेततापूर्वक खबरदारी आवश्यक छ ।’

परम्परागत र सांस्कृतिक महत्वका साथ तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्वले सबै नेपालीमा सुख, शान्ति र समृद्धि पथमा लम्किरहन प्रेरणा मिलोस् भन्ने कामना पनि अध्यक्ष क. प्रचण्डले गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार