त्रिविका स्थगित परिक्षा फागुनमा सन्चालन हुने!

25
SHARES
207
VIEWS

कोभिडका कारण स्थगित गरेको परीक्षा त्रिभुवन विश्वविद्यालयले फागुन एक गतेदेखि सञ्चालन गर्ने भएको छ ।त्रिवि परीक्षा नियन्त्रण कार्यालयले फागुनभित्र हुने ८ वटा परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीले बुधबार विभिन्न संकायका डिनसहित बसेको बैठकले स्थगित सबै परीक्षा फागुन एक गतेदेखि गर्ने निर्णय गरेर समय तालिका सार्वजनिक गरेको बताए ।
त्रिविको सूचना अनुसार फागुन एक गतेदेखि वार्षिक परीक्षा अन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फको ४ वर्षे बीएस्सी तथा बीएड चौथो वर्षको नियमित तथा आंशिक परीक्षा गर्ने समय तालिका सार्वजनिक गरेको छ ।
परीक्षा अपरान्ह १२ बजेदेखि तीन बजेसम्म हुनेछ। वार्षिक प्रणाली अन्तर्गतको कानून संकायतर्फ ३ वर्षे एलएलबी प्रथम वर्षको नियमित ९नयाँ पाठ्यक्रम० परीक्षा र तेस्रो वर्षको नियमिततर्फको परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार