प्रदेश ५ का मुख्यमन्त्रीका स्कर्टिङका प्रहरी र चालकमा कोरोना संक्रमण

35
SHARES
210
VIEWS

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलेको स्कर्टिङका ४ प्रहरीमा कोरोना संक्रमण देखिएको छ । प्रहरी स्रोतका अनुसार इलाका प्रहरी कार्यालयको प्रशासन शाखामा कार्यरत एक प्रहरी जवानको श्रीमतीमा संक्रमण देखिएपछि उनको नजिकको सम्पर्कमा रहेकाहरुको ट्रेसिङ गर्ने क्रममा मुख्यमन्त्रीका सुरक्षामा खटिएका दुई प्रहरी जवान, एक हवल्दार र एक चालकमा संक्रमण देखिएको हो ।चारै जनालाई बुटवलको देवीनगरस्थित एन्फा एकेडेमीको आइसोलेसनमा राखिएको छ । चारै जनाको अवस्था सामान्य छ । संक्रमण देखिएकी प्रहरी जवानकी श्रीमती बुटवलकै बैंकको जागिरे हुन् । प्रहरीको श्रीमतीमा संक्रमण देखिएपछि कन्ट्रयाक्ट ट्रेसिङ गर्ने क्रममा थप चार जनामा देखिएको हो । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा परीक्षण गरिएको थियो । चार जना प्रहरीमा संक्रमण देखिएपछि इलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र प्रदेश ट्राफिक प्रहरी कार्यालयमा पनि कन्ट्रयाक्ट ट्रेसिङपछि मंगलबार नै स्वाब संकलन गरिएको छ । त्यस्तै मुख्यमन्त्रीको सचिवालयका कर्मचारी र उनीहरुको पनि नजिक रहेका अन्य केही कर्मचारीको पनि स्वाब संकलन भएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार