फागुनबाट विद्यालय सन्चालनको तयारी ।

19
SHARES
158
VIEWS

काठमाडौं /२१ माघ-शुक्रबार विद्यालय सञ्चालनबारे प्रधानमन्त्रीको कार्यालयमा सरोकारवालाहरुसँग छलफल गरीएको छ । कोरोना संक्रमणका कारण बन्द भएका विद्यालयहरु फागुन १ गतेदेखि सञ्चालनको विषयमा छलफल गरिएको हो ।

छलफलमा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा, प्रधानमन्त्री कार्यालयका सचिव, संघीय मामिलाका सहसचिव, स्वास्थ्य,तथा जनसंख्या मन्त्रालयका विज्ञ,अभिभावक महासंघ,प्याब्सन,एनप्याब्सन, नेपाल शिक्षक महासंघ लगायतका सरोकारवाला र पदाधिकारी सहभागी रहेको थियो ।

विद्यालय लामो समयदेखि बन्द रहेका कारण बालबालिका शिक्षण सिकाईबाट बञ्चित भएकाले फागुन १ गतेदेखि विद्यालय सञ्चलन गर्नका लागि सिसिएमसीलाई आग्रह गरिएको प्याब्सनका अध्यक्ष टीकाराम पुरीले बताए । स्वास्थ्य सम्बन्धि सबै मापदण्ड पुरा गरेर विद्यालय फागुन १ गतेदेखि सञ्चालन गर्न आग्रह गरिएको छ ,उनले भने । साथै प्याब्सनले माघ २३ गतेदेखि नै विद्यालय सञ्चलन गर्न अनुमति दिन शिक्षा मन्त्रालय र प्रधानमन्त्री कार्यलयका राज्यमन्त्री उमेश श्रेष्ठलाई अनुरोध गर्दै आएको बताए ।

कोभिड संक्रमणका कारण २०७७ र २०८८ मा गरिएको विद्यालय बन्दले शिक्षा क्षेत्रको सिकाई उपलब्धिको गुणस्तरमा कमि आएको र कोभिड संक्रमणको दरमा पनि कमि आउँदै गएका कारण फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न सबै पक्षले सुझाब दिएको बताए ।

त्यसैगरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर फागुन १ गतेदेखि विद्यालय खोल्नु पर्ने निष्कर्ष निकालिएको नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले जानकारी दिए । विद्यालय सञ्चालन स्थानीय तहको भएकाले यसको अधिकार स्थानीय तहलाई दिनुपर्ने विषयमा छलफल भएको जानकारी दिए ।

कोरोना संक्रमण बढेपछि सरकारले पुस २७ गतेदेखि देशभरिका विद्यालय माघ मसान्त सम्म बन्द गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार