काठमाडौँ। गुल्मी जिल्लामा जन्मिएर २०६६ सालदेखि नेपाली सांगीतिक क्षेत्रमा लागिपरेका सर्जक तथा कलाकार नेत्र अर्याल यतिबेला चर्चाको शिखर चुम्दै गईरहेका छन्।
पछिल्लो समयमा एकपछि अर्को गर्दै चर्चित अनि लोकप्रिय लोक तथा दोहोरी गीतहरु ल्याईरहेका अर्यालका तीज सम्बन्धित गीतहरु अबत मैले नि झुम्का लगाउँछु, आज त भेट्न आउदिन है कालु विगतका वर्षहरुमा चर्चामा आउन सफल भएका थिए भने यस वर्ष पनि तीजकै परिप्रेक्ष्यमा आएका लरीलै लरीलै , सोचे झैँ जिन्दगि , तिज माहामारी काण्ड , आधि बाटो जस्ता गीतहरु सबैको मनमुटुमा बस्न सफल भए।
अर्यालले बिशेष गरेर आफ्नै कला संस्कृति र मौलिकतालाई प्राथमिकता दिने , समाजमा घटेका यथार्थ घटना हरुलाई टपक्कै टिपेर गित मार्फत प्रस्तुत गर्न सक्ने खुबी भएका उनि बिकृतिजन्य गीतहरु बजारमा ल्याएर चर्चित बन्न खोज्नेहरुका माझ एक उदाहरण हुन् । उनका हरेक गीतहरु लोकप्रिय बन्नुको कारण मौलिक संस्कृतिबाट कहिले अलग नरहनु हो । फल स्वरूप बजारमा आएको गीत पनि यहि नै पेरिफेरिमा रहेको छ ।
भर्खरै बिदा भएको तीज पर्ब लाई बिदा गरि नेपालीहरुको माहान चाड वडा दशैँलाई लक्षित गरि “ओई कान्छु मा परदेश जान्छु ” गीतका साथ प्रस्तुतभएका छन्। तीज गीतको रौनकता बाट बन्चित हुने अशंख्य श्रोता तथा दर्शकहरुका लागि यो गीत खुराक बन्नेमा शंका गर्ने ठाउँ छैन ।लोक दोहोरि गीतहरु चिसो मैना पुसैको, औशी , फुलमती , बाच्छीले धान खायो , सातफेरो ,दास बनेर ,मायामा पागल,दिलमा त अर्कैलाई, कति माहान छौ, भेट्न आउ भो अन्तिम चोटीमा लगायत करिब ३०० भन्दा बढी गीतहरुको रचना गरिसकेका छन्।
Discussion about this post