कालीगण्डकी अस्पतालको प्रथम स्थापना दिवस सम्पन्न

46
SHARES
380
VIEWS

मिन थापा मगर
स्याङ्जा – १० फाल्गुन २०७८

कालीगण्डकी गाउँपालिका वडा नं – ७, मिर्मीमा गाउँपालिकाद्वारा संचालित अस्पतालले आज पहिलो वाषिर्कोत्सव मनाएको छ। अस्पताल २०७७ साल फाल्गुन १० गते स्थापाना भएको थियोे ।

अस्पतालको सभाहलमा आज एक समारोहका बीच डाक्टर सुशील ढुंगानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अस्पताल प्रमुख डाक्टर रेशम रानाले प्रस्तुत गर्नुभएको अस्पतालको कार्यप्रगति विवरणले सबैको ध्यान केन्द्रित गरेको थियो।

यसैबिच गाउँपालिका उपप्रमुख साबित्रा कोइराला , निमित्त प्रमुख प्रशासकिय अधिकृत हिरामणी पाण्डे लगायत वडा नं १ ,२ र ४ नं वडाका अध्यक्षज्यूहरू शोभिलाल चौतारे , नर बहादुर राना , चक्रपाणी पाण्डेले शुभकामना मन्तव्य राखेका थिए ।

साथै कालीगण्डकी गाउँपालिकाका नेकपा एमाले अध्यक्ष कृष्ण बहादुर लामिछाने तथा राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष बम लामिछानेले पनि शुभकामना मन्तव्य राखेका थिए।

अस्पताल आफ्नो स्थापना सँगसँगै कोभिड १९ को दोस्रो लहरसँग जुध्न बाध्य भएको थियोे । दोस्रो लहरको कोरोनासँग जुधे पश्चात “स्वस्थ नागरिक समृद्व गाउँपालिका´´को नारालाई मुर्तरुप दिन गाउँपालिकाले पालिकाका संपूर्ण नागरिकको निशुल्क स्वास्थ्य बीमा गरिदिएर गत जेठ देखि अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु गरेको छ।

यहि संदर्भमा स्थापना काल देखि हाल सम्म करिब दश हजार बिरामीलाई अस्पतालले सेवा प्रदान गरिसकेको छ । जस मध्ये गाउँपालिकाको योजना अनुसार जटिल खालका कोभिडका बिरामीलाई अस्पतालले निशुल्क उपचार समेत गरेको थियोे ।

वार्षिकोत्सब कार्यक्रमका अध्यक्ष तथा प्रमुख अतिथि गाउँपालिका तथा अस्पताल व्यावस्थापन समितिका अध्यक्ष खिम बहादुर थापाले अस्पताल स्थापना तथा संचालन आफैमा चुनौतीपूर्ण रहे पनि सिमित स्रोतको बाबजुद पालिकाका नागरिकको स्वास्थ्य सेवाका लागि अस्पताल संचालनमा ल्याएको बताउनु भएको थियोे ।

दिगो रूपमा अस्पताल संचालनका साथमा नयाँ भौतिक पुर्वाधार निर्माणकार्य आफ्नो लक्ष्य रहेको पनि प्रमुख थापाले कार्यक्रममा जानकारी गराउनु भएको थियोे । साथै थापाले अब अस्पतालको नयाँ भौतिक पुर्वाधार निर्माणकार्यले छिट्टै गति लिने पनि बताएका थिए ।

यसै बिच गा.पा.प्रमुख थापाले अस्पतालको प्रथम स्थापना दिवसको पावन अवसरमा छिट्टै निशुल्क दन्त शिविर आयोजन गरी कालीगण्डकी गाउँपालिका निवासी ५० वर्ष माथिका बुवाआमाहरुको कृतिम दाँत रख्नुपर्ने देखिएमा निशुल्क रुपमा कृतिम दाँत राख्न पालिकाले व्यवस्थापन मिलाउने जानकारी गराउनु भयो।

थापाले यस कार्यक्रम सफल पार्न संपूर्ण पालिकाबासीले आ-आफ्नो ठाउँबाट प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्न वार्षिकोत्सव कार्यक्रममा सम्बोधनका क्रममा अनुरोध गर्नु भएको छ ।

साथै अस्पताल परिवारलाई हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दै अस्पतालाई दीर्घकालीन रुपमा चलयमान बनाउन जनसमुदायबाट सकरात्मक सहयोग सुझाव र सल्लाहको खाँचो रहेको धारणा राखेका थिए ।

अस्पताल व्यावस्थापन समिति तथा गाउँपालिकासँगको सहकार्यमा आगामी दिनमा अस्पतालले आधारभूत आँखा उपचार सेवा , दन्त सेवा तथा कुपोषित बालबालिकाहरूका लागि पोषण केन्द्र स्थापना गर्ने तथा ANC तथा खोप सेवा संचालन गर्ने योजना बनाएको छ ।

कार्यक्रमको सहजीकरण अस्पतालमा कार्यरत अहेब युवराज थापाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार