दु:ख पर्दा सम्झनामा आउने कृष्णगण्डकी समाज दक्षिण कोरिया

38
SHARES
315
VIEWS

फागुन -२२
स्याङ्जा जिल्ला काली गण्डकी गाउँपालिका वडा नं.-७, मिर्मी पालिचौर निवासी ब्लड क्यान्सर विरामी कृष्ण प्रसाद भट्टराईको भरतपुर अस्पतालमा उपचार हुने क्रममा आर्थिक अभावलाई केही भए पनि सहयोग होस् भन्दै कृष्ण गण्डकी समाज दक्षिण कोरीयाले आर्थिक सहयोग अभियान चलाएको थियो। बिडम्बना उपचार हुँदा हुँदै उहाँको असामयिक दु:खद निधन हुन पुगेकोले उहाँको आत्माको चिरशान्तिको कामना गर्दै संकलित आर्थिक सहयोग रकम मृतक भट्टराईको बुबा र श्रीमतीलाई रु. ८६,१७५/- छोरी कृषा भट्टराईको १० बर्षे बालबचत मुद्धती खातामा जम्मा गर्ने गरी हस्तान्तरण गरिएको छ।
साथै सोहि गाँउपालिका – ७ बरडाँडा निवासी श्री तिल बहादुर थापाको बिगत ५ वर्ष देखि मेरुदण्ड रोग ( प्यारालाईसिस ) ले ग्रस्त हुनुभएको र आर्थिक अभावको कारण राम्रो उपचार नपाईरहेको अवस्थामा केही भएपनि उपचारमा सहयोग होस् भन्ने हेतुले कृष्ण गण्डकी समाज दक्षिण कोरियाको तर्फबाट रु.८६,१७५/- बिरामी थापालाई गरिएको छ। साथै सिता कुमारी गाँहा काली गण्डकी, ६ छाप (हाल पोखरा कास्की ) निवासी सिता कुमारी गाहाले रु ५५००/- रकम बिरामीको स्वास्थ्य लाभको कामना गर्दै सहयोग गर्नुभएको थियो।
यसै संस्थाका पुर्व अध्यक्ष प्रकाश भट्टराई र नि. वर्तमान अध्यक्ष हरी प्रसाद न्यौपाने (ह्यारी बोण्ड) का साथै सल्लाहकार रेम थापा , सदस्य पशुपति भट्टराई, दुर्गा भट्टराई , शेरबहादुर थापाहरुको सरोहरमा रहि समाजसेवी ज्ञान प्रसाद भट्टराई , होमराज भट्टराई ,शिक्षक तथा समाजसेवी रामप्रसाद भट्टराई , टंकनाथ भट्टराई , काशिराम भट्टराई , पुनम थापा , शेर बहादुर थापा तथा युवासाथिहरु शिब न्यौपाने बालकृष्ण भट्टराई , पिताम्वर भट्टराई , नारायण प्रसाद भट्टराई ,शिक्षक कृष्ण बहादुर थापा , नन्द बहादुर गाहाँ , सन्देश भट्टराई ,कुशल भट्टराई को उपस्थितीमा मिती २०७८/११/२१ शनिबारकाका दिन सहयोग रकम हस्तान्तरण गरिएको छ।
,
हस्तान्तरण कार्यक्रममा बोल्दै सँस्थाका नि वर्तमान अध्यक्ष न्यौपानेले मृतक परिवारमा हार्दिक समवेदना सहित बिरामी थापाको शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको थियो। साथै यस अभियानमा साथ दिनुहुने सम्पुर्ण कोरियाबासी नेपालीहरुमा हार्दिक आभार व्यक्त गर्नुभएको थियो। संस्थाका पुर्व अध्यक्ष प्रकाश भट्टराई ज्यूले सन्चालन गर्नुभएको कार्यक्रममा बोल्दै स्थानिय समाजसेवीहरुले कृष्ण गण्डकी समाज दक्षिण कोरीया प्रति आभार व्यक्त गर्नुभएको थियो।
कृष्णगण्डकी समाज कोरियाले परदेशमा रहेर स्थानिय गाउँठाउँमा परेका विभिन्न आपतविपत, साथै आर्थिक अवस्था कमजोर भएमा बिरामीको सहयोग गर्दैआइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार