फागुन -२२
पाल्पामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आज दिउँसो तानसेन नगरपालिका वडा नम्बर ८ स्थित भालेबास सिद्वार्थ राजमार्गमा बुटवलबाट पाल्पा आउदै गरेको लु २ ख ८३५ नम्बरको बसले लु ७७ प २२०२ नम्बरको स्कुटरलाई ठक्कर दिदा उक्त दुर्घटना हुन पुगेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ। दुर्घटनामा परि माथागढी गाउँपालिका वडा नम्बर २ खहरे बस्ने २७ वर्षीय रिषिराम सारु घाइते भएका थिए। घाइते सारु मगरको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा मृत्यु भएको थियो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।
Discussion about this post