नवलपरासी/२३ फागुन-शिक्षा विकास तथा समन्वय इकाई नवलपरासी (बर्दाघाट सुस्ता पुर्व) ले सम्पुर्ण विभागीय अनुमति वा स्वीकृत खारेज गरेको छ । विभिन्न समयमा कार्यालयबाट शिक्षकहरुलाई दिइएको विभगीय अनुमति वा स्विकृत दुरुपयोग भएको भन्दै खारेज गरेको हो ।
विभिन्न समयका लागि दिइएको अनुमति वा स्विकृत दुरुपयोग भएको व्यापक गुनासो आएकोले जिल्लाका विद्यालयहरुमा कार्यरत शिक्षकहरुलाई विभिन्न समयमा कार्यालयबाट शिक्षकहरुलाई दिइएको विभगिय अनुमति खारेज गरेको इकाईले जनाएको छ ।
इकाईले शिक्षा नियमावली २०५९ (संशोधन सहित) को नियम १३३ उप नियम (१) को “ज” अनुसार दिइएको सबै प्रकारको विभागीय अनुमति वा स्विकृत फागुन २२ गतेको निर्णय अनुसार खारेज गरीएको जनाएको छ ।
Discussion about this post