कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ ।
करिडोरको बेनी–जोमसोम खण्ड रहेको घाँसा, काभ्रेभिरलगायतका ठाउँमा सडक चक्लाबन्दी गर्न लागिएका कारण आजदेखि यो सडक खण्ड दैनिक पाँच घण्टा बन्द गर्न लागिएको हो ।जिल्ला सुरक्षा समितिको निर्णयले यही फागुन २३ देखि आगामी चैत १५ गतेसम्म सडक दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि ५ बजेसम्म गरी दैनिक पाँच घण्टा बन्द गर्ने निर्णय गरेको हो ।
कालीगण्डकी करिडोरको सो सडकखण्ड हिमालपारिको जिल्ला मुस्ताङलाई सडक मार्गबाट जोड्ने एक मात्र सडक हो ।
Discussion about this post