उपसभापति गुरुङको भनाइ: नेता आफै फेरिनु पर्दछ !

18
SHARES
154
VIEWS

वालिङ, २३ फाल्गुन :
नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले मुलुक बदल्छु भन्ने नेताहरु पहिला आँफै बदलिन आवश्यक रहेको बताउनुभएको छ । स्याङ्जाको वालिङ नगरपालिका ७ केवरे बनकट्टामा नवनिर्मित गुरुङ समुदायको कोईबोको हिजो उद्घाटन गर्नुहुँदै उहाँले नेताहरुमा देखिएको अहिलेकै प्रवृत्तिले मुलुक नबदलिने ठोकुवासमेत गर्नुभयो । “भाषणमा मुलुक बदल्ने कुरा निक्कै गर्छौं तर ब्यवहारमा फरक छ, यसरी मुलुक बद्लिदैन” उहाँले भन्नुभयो, “मुलुक बदल्नकालागि सबैभन्दा पहिला नेताहरुमा रहेका कमी कमजोरी तथा सोँचलाई परिवर्तन गर्न आवश्यक छ अनि मात्रै बदलिएको मुलुक बनाउन सकिन्छ ।”

धेरै नेताभन्दा पनि एक/दुई जना असल नेता भएमात्रै पनि समाज रुपान्तरण गर्न सकिने उहाँको दावी थियो । “खराब नेताले देश डुबाउँछ तर एउटै असल नेता भएदेखि देशको मूहार परिवर्तन गर्छ र माथि उठाउँछ” उहाँले भन्नुभयो, “असल नेता भएकै कारण विश्वका केही देशहरुले निक्कै फड्कोसमेत मारेका छन् विकासशिल देशकोरुपमा अगाडि उदाएका छन् ।” अब नजिकै स्थानीय तहको निर्वाचन पनि आईरहेकाले नागरिकहरु समयमै सचेत भएर कस्तो नेता छान्ने भन्ने सोँच्नुपर्ने बेला आएको उहाँले बताउनुभयो ।
निर्वाचनका बेला बहकाउमा लागियो भने पाँच वर्षसम्म पछुताईरहनुपर्ने भएकाले समयमै सचेत भएर अगाडि बढ्न पनि उहाँले आग्रह गर्नुभयो । “एमसिसी राष्ट्रघाती हुन् भनी गरिएका प्रचारहरु भ्रममात्रै हुन्” उहाँले भन्नुभयो, “हामी पनि नेपाल आमा र नेपाली जनताकालागि राजनीति गरेका हौं, जुन भ्रम फिंजाईएको छ त्यो होईन् ।” कोईबो निर्माणले गुरुङ समुदायको भाषा, कला, संस्कृतिको संरक्षणकालागि महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसलाई अभियानकैरुपमा सञ्चालन गर्न पनि सुझाव दिनुभयो ।
कार्यक्रममा वालिङ नगर उपप्रमुख कल्पना तिवारी, नेपाली काँग्रेस महासमिति सदस्य लक्ष्मीकान्त रेग्मी, वालिङ नगर सभापति नेत्र प्रसाद पाण्डे, तमु प्ये ल्हु संघका केन्द्रिय अध्यक्ष हितकाजी गुरुङ, शहरी बिकास मन्त्रालय संघीय ईकाई आयोजना कार्यन्वयन पोखराका कार्यालय प्रमुख सुरोज पौडेल, समाजसेवी तथा व्यवसायी डोलराज शर्मा लगाएतले बोल्नुभएको थियो । गौ बहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सारदा गरुङले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार