भगवती जनकल्याण युवा क्लबद्वारा भलिबल प्रतियोगिता सम्पन्न

53
SHARES
439
VIEWS

फागुन -२४

स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा अवस्थित श्री भगवती जनकल्याण युवा क्लबले आयोजना गरेको साविकको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता र पालिका वडा स्तरीय महिला भलिबल प्रतियोगिता सम्पन्न गरेको छ।
आज सम्पन्न भएको खेलमा कालीका युवा क्लब कालीगण्डकी -१,प्युघा प्रथम , आयोजक श्री भगवती जनकल्याण युवा क्लब रिप्दी द्वितीय र लाङ्हघाली लफा समूह यक्सिङ सत्यवती -४ गुल्मीले तृतीय स्थान हासिल गर्न सफल भएको छ ।

यस्तै गरि महिला तर्फको खेलमा बिर्घा युथ क्लब कालीगण्डकी -४ बिर्घा , द्वितीय श्री भगवती जनकल्याण युवा क्लब कालीगण्डकी -१ रिप्दी र आलमदेवी लसर्घा २ ले तृतीय स्थान हासिल गर्न सफल भएका थिए।
प्रतियोगितामा पुरुष तर्फ प्रथम पुरस्कार नगद रु ५०,०००/- मेडल र प्रमाणपत्र , द्वितीय पुरस्कार नगद रु २५,०००/- मेडल र तृतीय पुरस्कार नगद रु १५,०००/- मेडल र प्रमाण पत्र रहेको छ।

यस्तै गरि महिला तर्फ प्रथम पुरस्कार नगद रु १५,०००/- मेडल र प्रमाणपत्र , द्वितीय पुरस्कार नगद रु १०,०००/- मेडल प्रमाणपत्र र तृतीय पुरस्कार नगद रु ५,०००/- मेडल र प्रमाणपत्रको रहेको छ।

यस्तै गरि उत्कृष्ट स्पाइकर भगवती जनकल्याण युवा क्लबका बसन सोमै , समूह सेटरमा याक्सिङका बिबेक क्षेत्री , उत्कृष्ट खेलाडीमा कालीका युवा क्लब पियुघाका देबु राना र याक्सिङ लाङघाली समूहका अंकित थापा अनुशाशित खेलाडीरुपमा घोषित भएका थिए। यस्तै गरि महिला तर्फ बिर्घा युथक्लबकी बेस्ट स्पाइकर सरला थापा , बिर्घाकै सुजाता राना उत्कृष्ट खेलाडी तथा आलमदेवी लसर्घाकि प्रिया घिले अनुशासित खेलाडीकोरुपमा घोषित भएका थिए।

पुरस्कार वितरण तथा फाइनल खेला समारोहको अध्यक्षता क्लबका अध्यक्ष युवराज सोमैले गर्नु भएको थियोे भने प्रमुख अतिथि वडा नम्बर १ का वडा सदस्य मनिकलाल श्रेष्ठ रहनु भएको थियोे । कार्यक्रममा आइटी ट्रेनर अन्क घर्ती मगरको समेत अतिथिको रुपमा उपस्तिथि रहेको थियो। कार्यक्रममा क्लबका कोषाध्यक्ष श्री पृथ बहादुर सोमै मगरले स्वागत मन्तव्य राख्नु भएको थियो। कार्यक्रमको संचालन गोविन्द राना मगर र कमल ढकालले संचालन गर्नु भएको थियो। भलिबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण कालीगण्डकी पोष्ट फेसबुक पेज र लुम्बिनी टेलिभिजनको युटुब च्यानल मार्फत गरिएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार