वालिङ नगरपालिका सर्वोत्कृष्ट नगरपालिका घोषित

69
SHARES
575
VIEWS

स्याङ्जा-स्मार्ट सिटीका रुपमा घोषित भई कार्यान्वयनको चरणमा रहेको स्याङ्जाको वालिङ नगरपालिका लगातार सर्वोत्कृष्ट नगर घोषित भई पुरस्कृत भएको छ ।
संस्थागत विकास, सेवाप्रवाह र वित्तीय सुशासन क्षेत्रमा वालिङ नगरपालिका र पुतलीबजार नगरपालिका देशकै सर्वोत्कृष्ट नगर घोषित भएका हुन् ।
नेपाल नगरपालिका सङ्घको २९ औँ वार्षिकोत्सवका अवसरमा आईतवार काठमाडौँमा आयोजित एक समारोहमा प्रधानमन्त्री शेर बहादुर देउवाले वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँण र पुतलीबजार नगरपालिकाका प्रमुख सीमा कुमारी क्षेत्रीलाई उत्कृष्ट नगरपालिकाको पुरस्कार प्रदान गर्नु भएको हो ।
वालिङ नगरपालिका चौथो पटक सर्वाेतकृष्ट घोषित भएको हो । यस अघि गएको बर्ष वालिङ शहरी योजना, वातावरण, विपद् जोखिम व्यवस्थापन र उत्थानशीलतामा देशकै सर्वोत्कृष्ट नगर घोषित भएको थियो ।
सर्वोत्कृष्ट नगरपालिका घोषणा भएसँगै प्रमुख खाँणले आगामी दिनमा काम गर्नका लागि थप ऊर्जा तथा प्रेरणा मिलेको प्रतिक्रिया दिनुभयो । ‘वालिङ नगरपालिका नेपाल नगरपालिका सङ्घ, विभिन्न दातृ निकायसँग हातेमालो गर्दै विकासको गतिमा अगाडि बढिरहेको छ’, उहाँले भन्नुभयो ‘हामीले गरेको कार्य देशभरकै सर्वोत्कृष्ट रहेको भनी लगातार मूल्याङ्कन गर्नुहुने मूल्याङ्कनकर्ताप्रति नगरपालिकाको तर्फबाट आभार व्यक्त गर्दछु ।’
यसअघि वालिङ नगरपालिका नेपाल नगरपालिका सङ्घको २३ औँ स्थापना दिवसका अवसरमा देशभरका २१७ नगरपालिकामध्ये सर्वोत्कृष्ट घोषित भई रु एक लाखको पुरस्कार प्राप्त गरेको थियो । नगरपालिकाले उत्कृष्ट सेवा प्रवाह, शहरी योजना, सुशासन, फोहोरमैला व्यवस्थापनलगायतका विषयवस्तुलाई मूल्याङ्कन गर्दै वालिङ सर्वोत्कृष्ट बन्न सफल भएको थियो । यसअघि सङ्घीय तथा स्थानीय विकास मन्त्रालयले २०७४ सालमा देशभरका पालिकामध्ये सर्वोत्कृष्ट सफा नगरको रुपमा वालिङलाई पुरस्कृत गरेको थियो ।
आर्थिक बर्ष २०७७÷७८ मा नगरपालिकाले संस्थागत विकास, सेवाप्रवाह र वित्तीय सुशासन क्षेत्रमा उल्लेखनीय प्रगती गरेको सेवाग्राहीको समेत अनुभव रहेको बताउने गरिएको छ ।
संघका अनुसार शहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापनतर्फ धादिङको निकलण्ठ नगरपालिका तथा वन वातावरण, जयवायु परिवर्तनतर्फ इलाम नगरपालिका उत्कृष्ट बनेको छ । यस्तै स्थानीय आर्थिक विकासतर्फ सर्लाहीको हरिवन नगरपालिका र सामाजिक विकासतर्फ रुपन्देहीको तिलोत्तमा र चितवनको राप्ती नगरपालिका उत्कृष्ट बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार