फत्त गाहा मगर
२०७८ चैत ३ नेपाल मगर संघ , कालीगण्डकी गाउँपालिका , नेपाल आदिवासी जनजाति महासङ्घ , कालीगण्डकी गापा र कानुङ ढुट हटै रोष जिवाट गुमस्ठा र कालीगण्डकी गापाको संयुक्त आयोजनामा यउनाट (फागु पुर्णिमा)२०७८ को उपलक्ष्यमा आयोजित आठौ जिवैमामा महोत्सव हिजो एक कार्यक्रम बिच सम्पन्न भएको छ ।
कालीगण्डकी गापाका अध्यक्ष खिम थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिशिष्ट अतिथिहरुमा गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ , कालीगण्डकी गापाका उपाध्यक्ष सावित्री कोइराला , नेपाल मगर चलचित्रकर्मी संघका अध्यक्ष भिम ब राना , प्राज्ञ गम बहादुर गुरुङ हुनुहुन्थ्यो भने अतिथिहरुमा नेपाल मगर संघ , स्याङ्जाका सल्लाहकार द्वय बम लामिछाने र कृष्ण ब लामिछाने वडा न -२ का वडाध्यक्ष नर ब राना लगायत ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो ।
महोत्सवमा गुल्मी जिल्लाको याक्सिङ सहित सात समुहको उपस्थिति रहेको थियो । शुभकामना मन्तव्य दिने क्रममा बक्ताहरुले नेपालमा बसोबास गर्ने विभिन्न जातजातिहरु लोपोन्मुख भाषा संस्कार जगेर्ना गर्न सरकार लागिपर्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रम नेपाल मगर संघ , कालीगण्डकी गापाका अध्यक्ष दर्शन रानाको सभापतित्व कानुङ ढुट हटै रोष जिवाट गुमस्ठाका अध्यक्ष खडक झेडिको स्वागत तथा सचीव पर्थ थापाको सन्चालनमा सम्पन्न भएको थियो ।
Discussion about this post