पाल्पामा डुबेर एक जनाको मृत्यु

42
SHARES
347
VIEWS

फागुन-४
पाल्पामा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ। आज दिउँसो ३ बजेको समयमा जिल्लाको तिनाउ गाउँपालिका वडा नम्बर -३ भुतखोलामा रुपेन्देहीबाट घुम्न आएका प्रसन्न पोखरेलको डुबेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यलय पाल्पाका अनुसार अन्य ३ जना साथी सहित घुम्न आएका पोख्रेल हातमुख धुनेक्रममा भुतखोलामा डुबेर बेपत्ता भएका थिए। बेपत्ता भएका पोख्रेललाई प्रहरीले तत्काल उद्वार गरि उपचारका लागि प्रादेशिक अस्पताल बुटवलमा पठाइएकोमा उपचारका क्रममा ४ : ५० मृत्यु भएको थियो।

घटना सम्बन्धि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार