चैत -५
विज्ञान र प्रविधिको तिव्र विकास संगै पछिल्लो चरणमा मानव जीवन सहज बन्दै गएको छ। विज्ञान र प्रविधिले सूचना तथा संचारको जगतमा समेत आमूल परिवर्तन ल्याएको छ। यसै क्रममा सर्वाधिक व्यक्तिले प्रयोग सामाजिक संजाल हो इमो ।
एक सर्वेक्षणका अनुसार इमो पछिल्लो समय दोहोरी गाउने देखि फोहोरी बोल्ने सजिलो माध्यम बनेको छ। इमोले दिएको विभिन्न सुबिधाहरु मध्ये भ्वाइस च्याट मार्फत ग्रुप निर्माण गरेर परिचित तथा अपरिचित व्यक्तसंग कुराकानी गर्न सहज तुल्याएको छ।
केहीले विभिन्न नाममा रोधिघरहरु संचालन गरेर लोक संस्कृती जग्रेना गरेको समेत पाइन्छ । जुन सकारात्मक पक्ष हो। तर जहाँ प्रयोग त्यहाँ दुरुपयोग भने झै इमोमा खोलिएका अश्लीलता झल्काउने खालका समूह बनाएर यौनका बारेमा निर्धक्क कुराकानी गरेको समेत देख्न सकिन्छ । विशेष गरि वैदेशिक रोजगारीमा रहेका , सम्बन्ध बिच्छेद भएकाहरु , श्रीमान श्रीमती सम्बन्ध राम्रो नभएका र भर्खरैका युवाहरु यस्ता समूहमा जोडिएर निर्धक्क रुपमा खुलेआम कुराकानी गरेको सर्वेक्षणमा पाइएको छ। इमो मन बहलाउने साझा चौतारी बनेको देख्न सकिन्छ
यस्ता समूहमा जाने नजाने यी व्यक्तिगत कुरा भए पनि समूह च्याटमा बोलिएका कयौं भिडियोहरु युटुब अपलोड गरेको पाइन्छ। यस्ले गर्दा पारिवारिक कलह, झै झगडा, इज्जत मान प्रतिष्ठा गुम्ने तथा सम्बन्ध बिच्छेद समेत भएको पाइन्छ । घरमा श्रीमती वा श्रीमन हुदा हुँदै यसरी परिवारलाई दिने यस्ता ग्रुपमा दिदा पारिवारिक कलह निम्त्याउन सक्ने तर्फ सचेत हुनुपर्ने देखिन्छ।
अचम्मको कुरो त महिलाहरुको समेत उल्लेख्य सहभागीता रहेको पाइन्छ। इमो मार्फत नै साथी बनेकाहरुले व्यक्तिगत फोटोहरु साटासाट गर्दा त्यसैले आधार बनाएर ब्ल्याक मेलिङ समेत हुने गरेको पाइन्छ । राम्र तथा नराम्रा गुर्पमा जोइन हुँदा अपरिचित व्यक्तिले समेत सजिलै फ्रेन्ड रिकोइस्ट र साथी बनाउन मिल्ने भएकोले जो कोहि नचिनेकाहरुसंग बोल्न र जोडिन घातक हुन सक्ने तर्फ सचेत हुन जरुरी देखिन्छ।
इमो मार्फत धेरै जसो फेक आइडी बनाएर यस्ता ग्रुप हरु संचालन गर्ने गरेको पाइन्छ।
इमो एक बहु उपयोगी सामाजिक संजाल भएकोले यस्को सदुपयोगतर्फ प्रयोगकर्ताहरुले ध्यान दिनु पर्ने देखिन्छ।
Discussion about this post