स्याङ्जाकी कुश्मा थापा मगरलाई बेलायतबाट सहयोग

48
SHARES
396
VIEWS

वालिङ,चैत– सिभिल इन्जिनियरिङको अध्ययन गरिरहेकी स्याङ्जाकी कुश्मा थापा मगरलाई वेलायतमा रहेका मनकारी नेपालीहरुले आर्थिक सहयोग गरेकाछन् ।
स्याङ्जाको त्रिभुवन आदर्श नमुना माविमा प्राबिधिक शिक्षा तर्फ सिभिल इन्जिनियरिङको अध्ययन गरिरहेकी कुश्मालाई आर्थिक अभावका कारण पढाईमा समस्या भएपछि वेलायतमा रहेका नेपालीहरुले ५० हजार रुपैँया सहयोग गरेका हुन । वेलायतमा रहनुभएकी खुमा थापा, कृष्ण कुमारी थापा र लक्ष्मी थापाले कुश्माको अध्ययनको लागि सो रकम सहयोग गर्नुभएको हो ।

वेलायतमा रहनुभएका स्याङ्जा सहयोग समाज यूकेका अध्यक्ष शारदा गुरुङ्को पहलमा कुश्मालाई सहयोग रकम हस्तान्तरण गरिएको हो । एक मिहिनेती र प्रतिभाशाली छात्राले आर्थिक अभावकै कारण अध्ययनमा भोग्नुपरेको समस्यालाई थोरै भएपनि सहयोग पुगोस भनेर सो सहयोग गरिएको स्याङ्जा सहयोग समाज यूकेका अध्यक्ष शारदा गुरुङ्ले जानकारी दिनुभयो । गुरुङ्ले भन्नुभयो, “कुश्माले आर्थिक अभावमा पढाईमा समस्या भोग्नुपरेको थाहा पाएपछि अहिलेको लागि वेलायतमा बस्दै आएका तीन दिदीबहिनीले सहयोग गर्नुभएको छ । कुश्माको विई सम्मको अध्ययनको लागि समेत सहयोग गर्न हामी तयारछौ

स्याङ्जाको भारती माध्यमिक विद्यालय काल्खुबाट २०७६ सालमा एसईई गरेकी कुश्मालाई तीन वर्ष सम्म अध्ययन गर्दा २ लाख १० हजार शुल्क लाग्छ अहिले सम्म दोस्रो सेमेष्टरमा पुग्दा ७० हजार रुपैँया बुजाएको र बाकी शुल्क कसरी बुजाउने भन्ने पिरलोले उनलाई सताइरहेको छ ।
विगत ८÷९ वर्षदेखि बाबु सम्पर्क बिहिन भएपछि कुश्माको परिवारले मज्दुरी गरेर आफ्नो जिविका चलाउदै आएको छ । पुतलीबजार नगरपालिका ९ काल्खु स्थायी घर भएकी कुश्मा यतीबेला अध्ययनको लागि जिल्ला सदरमुकाम स्थीत स्याङ्जा बजारमा डेरा गरेर बस्दै आउनुभएको छ ।

यस अघि कुश्मा सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चका वरिष्ठ उपाध्यक्ष विष्णु गुरुङले २० हजार रुपैँया सहयोग गरे पछि त्रिभुवन आदर्श नमूना माध्यमिक विद्यालयमा भर्ना भएर अध्ययन गर्दै आएको थापाले बताउनुभयो । अहिले सम्म विद्यालयबाट शुल्कमा कुनै पनि सहयोग नपाएको बताउदै थापाले भन्नुभयो, “पढाईलाई अगाडी बढाउने अनुकुल वातावरण पाएमा मैले विई सम्मको अध्ययन पुरा गर्ने योजनामा छु ।” पढ्ने चाहाना हुदाहुदै पनि घरको आर्थिक अवस्था कमजोर हुदा समस्या परेको छ । कुश्माको अध्ययनको लागि बेलाबेलामा आफ्न्तहरुले समेत सहयोग गर्दै आएका छन् । कुश्माको आमा र भाईको गाउँमा बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार