भदौ १२ पोखरा । नेपालमा शुक्रबार थप ९२७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
देशभरका प्रयोशालामा गरिएको परीक्षणमा ९२७ जनामा कोरोना संक्रमण देखा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित प्रेस व्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो संगै देशभर कोरोना संक्रमितको संख्या ३३ हजार ४५६ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २०२४२ पुगेको छ ।
यस्तै कोरोना संक्रमणका कारण शुक्रबार कास्कीका एक जना सहित थप १२ जनाको मृत्यु भएको छ । जसमा ४ जना महिला हुन भने बाँकी पुरुष रहेको मन्त्रालयले जनाएको छ । हाल सम्म मृत्यु हुनेको संख्या १९५ पुगेको छ ।
Discussion about this post