इसिडी शिक्षकले यस्ता कार्य गर्नुपर्छ {पुरा हेर्नुहोस}

593
SHARES
4.9k
VIEWS

काठमाडौं । प्रारम्भिक बालविकास र शिक्षामा बालबालिकाको मूल्यांकन गर्दा अनौपचारिक रूपले उनीहरूका दैनिक क्रियाकलापलाई निरन्तर अवलोकन गरी विकास तथा सिकाइको अभिलेखीकरण गर्नुपर्ने छ ।

प्रारम्भिक बालविकास उमेरका बालबालिकाहरूको मूल्यांकन निरन्तर रूपमा भइरहनुपर्दछ । बालविकासका सबै पक्षलाई समेटेर बालबालिकाका क्रियाकलापहरूको अवलोकन र ती क्रियाकलापहरूको अभिलेखका आधारमा बालविकासको मूल्यांकन गर्दा उनीहरूको प्रगतिको गति र यतास्थितिको जानकारी हुन्छ ।

यसबाट सुधार गर्नुपर्ने पक्ष र सबल पक्षको जानकारी भई सुधार गर्नुपर्ने पक्षमा सहयोग पुर्याउन सजिलो हुन्छ । बालबालिकाको मूल्यांकन गर्दा उत्प्रेणात्मक ढंगले सुधारात्मक प्रक्रिया अबलम्बन गरी शिक्षकले बालबालिकाको आवश्यकताअनुसार सिकाइमा सहयोग पुर्याउनुपर्छ ।

के गर्ने ?

१.बालबालिकाको दैनिक क्रियाकलापका आधार के, कति, कहिले र कसरी सिके भन्ने अवलोकन गर्ने गर्नुपर्दछ । बालबालिकालाई औपचारिक परीक्षा दिन लगाउनु हुँदैन । सञ्चित अभिलेख राखी व्यक्तिगत फाइल खडा गर्नुपर्दछ ।

२.बालबालिकाको मूल्यांकन गर्ने क्रममः कहाँ, कस्तो, के र किन कमजोरी छ भन्ने पत्ता लगाउने तरिकाहरू अपनाउनुपर्छ ।

३.बालबालिकाको प्रगतिलाई उनीहरूले गरेका क्रियाकलापका आधारमा टिपोटका रूपमा अभिलेख राखी ती टिपोटका रूपमा अभिलेख राखी ती टिपोट त्रैमासिक रूपमा अभिभावकलाई जानकारी गराउनुपर्छ । शैक्षिक सत्रको सत्रको अन्त्यमा ती टिपोटलाई प्रतिवेदनका रूपमा तयारी गरी बालविकास केन्द्रबाट विद्यालयमा भर्ना हुन जाँदा दिने गर्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार