काठमाडौं /१७ चैत-
शिक्षक सेवा आयोगबाट विद्यालय तहका माध्यमिक, निम्न माध्यमिक, प्राथमिक र आन्तरिक प्रतियोगितात्मक बढुवाको परीक्षा हलमा जाँदा मोबाइल फोन लिएर नजान निर्देशन दिएको छ ।
परीक्षार्थीले परीक्षा हलमा जाँदा मोबाइल फोन लिएर जान नपाउने निर्देशन प्रवेशपत्रमा समेत उल्लेख गरिएको जानकारी दिदै उक्त निर्देशन दिएको हो ।
आयोगले परीक्षालाई मर्यादित बनाउने कार्यमा मोबाइल फोन लगायतका इलेक्ट्रोनिक्स् डिभाईस्हरु साथमा नलैजान भन्दै लगेमा परीक्षा केन्द्रमा रहेका कर्मचारीबाट जफत हुन सक्ने जनाएको छ ।
साथै परीक्षा केन्द्रमा खटिने कर्मचारीहरुलाई सोही अनुसार हुने गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
Discussion about this post