नयाँ वर्षमा गण्डकी प्रदेशको पोखराको फेवाताल किनारमा महोत्सव हुने

20
SHARES
170
VIEWS

पोखराको पर्यटनलाई चलायमान बनाउँदै पर्यटन पुनः उत्थानको लक्ष्यसहित फेवाताल किनारमा नव वर्ष महोत्सव आयोजनाको तयारी गरिएको छ ।

होटल संघ पोखराको आयोजनामा नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली नयाँ वर्षको अवसरमा यही चैत ३० र वैशाख १ गते लेकसाइडको फिस्टेल गेटबाट हल्लनचोकसम्मको मुख्य सडकमा १७औँ संस्करणको महोत्सव गर्न लागिएको हो ।

‘पर्यटन, संस्कृति र खाना महोत्सव’को नारासहित संघले नेपाली नयाँ वर्षमा महोत्सव गर्दै आएकोमा अघिल्ला दुई वर्षमा कोरोनाका कारण हुन सकेको थिएन । यस वर्ष पुनः निरन्तरता दिइएको संघका अध्यक्ष एवं महोत्सव संयोजक लक्ष्मण सुवेदीले बताए ।

नयाँपनका साथ ३ किलोमिटर खुला सडकमा महोत्सव सञ्चालन हुनेछ । भूकम्प, नाकाबन्दी र पछिल्लो समय कोरोनाका कारण पर्यटकीय चहल-पहल न्यून रहेकोमा महोत्सवले केही हदसम्म राहत पुग्ने विश्वास गरिएको छ । अध्यक्ष सुवेदीले भने, ‘महोत्सवले मौलिक संस्कृतिको संरक्षण गर्ने छ ।’

लेकसाइडको अम्बोट र सेन्टर प्वाइन्टमा सांस्कृतिक कार्यक्रम, हाँस्यव्यङ्ग्य प्रस्तुति लगायत कार्यक्रम गरिने संघका महासचिव राजेन्द्र ढकालले जानकारी दिए । महोत्सव अवधिभर होटलहरूले ३० प्रतिशत छुट दिई सेवा प्रदान गर्ने संघका पूर्व अध्यक्ष विकल तुलाचनले बताए ।

आन्तरिक पर्यटन प्रवर्द्धन र महोत्सवको प्रचार-प्रसारका लागि संघले केही दिनअघि बुटवल, हेटौँडा र वीरगञ्जमा ‘जाउँ है पोखरा अभियान’ सञ्चालन गरेको थियो । पछिल्लो समय पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढेपछि व्यवसायी उत्साहित बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार