फत्त बहादुर गाहा चैत,२८ घुरडाँडा स्याङ्जा । राष्ट्रिय जनमुक्ति पार्टी , कालीगण्डकी गापा स्याङ्जाले आसन्न स्थानीय निर्वाचन २०७९ लाई लक्षित गरि पार्टीको सचिवालय कार्यालय स्थापना हिजो एक कार्यक्रम बिच सम्पन्न गरेको छ । आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय चुनावमा आफ्नो पार्टीलाई अब्बल प्रस्तुत गर्न सो कार्यालय स्थापना गरिएको जनाइएको छ ।
हिजो सम्पन्न कार्यक्रमको प्रमुख अतिथि पार्टीका अग्रज बुद्धिजीवी जङ्ग ब झेडी मगर हुनुहुन्थ्यो भने बिशिस्ट अतिथि पार्टीका जिल्ला अध्यक्ष बम ब लामिछाने तथा अतिथिहरुमा चोक ब झेडी , कपिल गाहा रहनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि जङ्ग ब झेडिले पार्टीको नीति सिधाान्त बारे प्रकाश पार्नुभएको थियो भने बिशिस्ट अतिथि एवम् पार्टीका जिल्ला अध्यक्ष बम ब लामिछानेले पार्टीको चुनावी गतिविधि बारे जानकारी गराउनुभएको थियो । यसै बिच सचिवालय स्थापना पश्चात् पार्टीको जनता जागौ अभियान पनि सम्पन्न भएको छ । कार्यक्रम राष्ट्रिय जनमुक्ति पार्टीका कालीगण्डकी अध्यक्ष खडक ब झेडिको सभापतित्व यमन सिङ झेडिको स्वागत तथा जीवन झेडिको सन्चालनमा सम्पन्न भएको थियो ।
Discussion about this post