विद्यालयको विवरण पठाउन केन्द्रको निर्देशन

17
SHARES
145
VIEWS

काठमाडौं । शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंले एनसीसी तालिमका लागि इच्छुक विद्यालयलाई यथाशीघ्र विवरण पठाउन आग्रह गरेको छ । सोमबार इकाइले सूचना प्रकाशन गर्दै काठमाडौं महानगरपालिका भित्रका वडा नम्बर १,१६, १७, २६ र २७ मा रहेका इच्छुक सरकारी-निजी विद्यालयहरूले विवरण पठाउन सक्ने इकाले जनाएको छ ।

नेपाल सरकारका रक्षा मन्त्रालय नेपाली सेना पुरानो गोरखगण नारायणी व्यारेकले राष्ट्रिय सेवा दलको कार्य क्षेत्र सबै प्रदेश तथा स्थानीय तहसम्म विस्तार एवम् प्रवर्द्धन गर्ने पीछडिएको क्षेत्र समुदायका छात्र-छात्रालाई राष्ट्रिय सेवा दलमा आबद्ध गराई मुलुकको माध्यमिक तथा उच्च माध्यमिक विद्यालयका छात्र-छात्राहरूलाई अनुशासन,नेतृत्व विकास, बफादारिता र राष्ट्रिय एकता सम्बन्धि ज्ञान दिन उक्त तालिम प्रदान गर्न लागिएको हो ।

मुलुकमा प्राकृतिक प्रकोपको अवस्थामा परिचालित हुन सक्ने स्वयसेवक युवादस्ता तयार गर्न र राष्ट्रिय सेवाको लागि विभिन्न निकायमा जिम्मेवारी बहन गर्न सक्ने सक्षम नागरिक बनाउनको लागि उक्त सेवा दलले आर्थिक वर्ष २०७९/०८० मा ७७ वटै जिल्लामाप्रति विद्यालयहरूमा ३६ जना (१८/१८छात्र-छात्रा) सहभागी गराइ एनसीसी तालिम गराउने योजना रहेको इकाइले जनाएको छ ।

इकाइले गोरखगण नारायणी व्यारेक क्षेत्रको वडा नम्बर १,१६, १७, २६ र २७ मा रहेका देहाय अनुसारको तालिम सञ्चालन गर्न इच्छुक सरकारी-निजी विद्यालयलाई इमेल ठेगानामा सम्पर्क गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार