तिन दिनको मौसम कस्तो रहला !

27
SHARES
222
VIEWS

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभावले देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। यी प्रदेशहरुको थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना पनि रहेको छ।

बुधबार देशका पहाडी भू-भागहरुका केही र तराई भेगका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार बिहीबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहने छ। बिहीबार पनि पहाडी भू-भागहरुका केही र तराई भेगका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार