काठमाडौं । नेपाली कांग्रेसले शैक्षिक सुधारसम्बन्धी योजनाहरू सार्वजनिक गर्दै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएकाे छ ।
कांग्रेसले स्थानीय तह निर्वाचन घोषणा पत्र–२०७९ मार्फत योजनाहरू आइतबार सार्वजनिक गरेको हो ।
स्थानीय तहमा नेतृत्व गर्दा शिक्षामा सुधार गर्ने प्रतिबद्धता कांग्रेसले जनाएको छ ।
प्रतिबद्धताहरू
१. माध्यमिक तहको विद्यालय सुधार योजनाअन्तर्गत विषयगत शिक्षकहरूको अभावलाई पूर्ति गर्ने गरी दरवन्दीको व्यवस्था,
२. दरबन्दीको अभाव भएका विद्यालयहरूमा स्नातक अध्ययन गरेका योग्य युवालाई उत्प्रेरित गरी स्वयंसेवक शिक्षकको रूपमा परिचालन,
३. क्षेत्रगत आधारमा सिकाइ केन्द्रहरूको स्थापना गरी विषयगत शिक्षकहरूको त्रैमासिक भेला आयोजना गर्दै आफूसँग भएको सीप, ज्ञान र अनुभव अन्य शिक्षकसँग बाँड्ने अवसरको सिर्जना,
४. शिक्षण सिकाइलाइ विद्यार्थी केन्द्रित बनाउन शिक्षकलाई सिकाइ सामाग्री निर्माण र प्रयोग प्रयोगको तालिम
५. क्षमता अभिवृद्धिका लागि ‘मेन्टर शिक्षक’ को व्यवस्था,
६. शिक्षकको व्यावसायिक विकासमा ट्रेड युनियनमा संगठिन हुने अधिकारलाई सुनिश्चित गर्दै दलगत राजनीतिमा हुने आवद्धतालाई निरूत्साहित गर्ने,
७. शिक्षकको कार्य सम्पादन मूल्यांकन गरी हरेक स्थानीय तहमा प्रत्येक वर्ष उत्कृष्ट शिक्षकलाई सम्मान,
८. शिक्षकहरूमा आधारभूत प्रविधिको सीप विकास, एक शिक्षक एक ल्यापटप, प्रविधिको प्रयोग, उत्प्रेरणा कार्यक्रमहरूको सञ्चालन,
९.प्रारम्भिक बाल विकासका शिक्षकको क्षमता वृद्धि गर्दै पारिश्रमिकलाई कम्तिमा आधारभूत विद्यालय शिक्षकको तलब सुविधाको स्तरमा पुर्याउने ।
Discussion about this post