छात्रालाई निःशुल्क वितरण गर्ने प्याड गुणस्तरहिन रहेको गुनासो पछि अनुगमन गर्न निर्देशन

29
SHARES
242
VIEWS

काठमाडौं /१४ वैशाख-शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयका छात्रालाई प्रदान गरिने निःशुल्क सेनेटरी प्याडको गुणस्तरहिन रहेको गुनासो आए पछि अनुगमन गर्न निर्देशन दिएको छ ।

सेनेटरी प्याडमा न्यूनतम मापदण्ड नभएको पाइएमा अनुगमन गरी आवश्यक कारवाहीका लागि सोको जानकारी केन्द्रमा पठाउन सबै शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएको हो ।

गत चैत ८ र ९ गते विभिन्न सञ्चार माध्यममा “छात्राले प्रयोग गर्न छाडे निःशुल्क प्याड” भन्ने शिर्षकमा समाचार प्रकाशित भएपछि अख्तियार दुरुपयोग आयोगमा उजुरी दर्ता भएको र यस विषयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई अध्ययन गरी अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

अख्तियार दुरुपयोग आयोगको पत्रका आधारमा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले केन्द्रलाई आवश्यक कारबाहीका लागि लिखित जवाफ मागेको छ ।

देशभरका २९ हजार सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क वितरण गर्न ३ वर्षमा साढे ४ अर्ब खर्च भएको तर पालिका र विद्यालयहरुले खरिद गरेका प्याड गुणस्तरहिन भएको समाचारमा उल्लेख गरीएको छ ।

विद्यालयहरुले उपलब्ध गराएका सरकारले तोकेको मापदण्डअनुसार नभएको प्याड आधा घण्टा पनि लगाउन नसकिने, लगाउँदा खस्रो भएको, टासिनेगम कम भएको, चिलाउने, पोल्नेजस्ता समस्या आएको भन्दै छात्राहरुले प्रयोग गर्न छाडेपछि शिक्षा मन्त्रालयको कार्यक्रम माथी नै प्रश्न उठेको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार