गुल्मीमा जीप दुर्घटना हुँदा तीन जना घाइते

65
SHARES
113
VIEWS


गुल्मी-भदौ १३ । कालिगण्डकी गाउँपालिका पुर्तिघाट बजारमा डबल क्याप जिप दुर्घटना भएको छ । शनिबार दिउँसो करिब १२ बजे तिर लु.२.च २७५६ नम्बरको जिप बाटोबाट करिब ३० मिटर तल खोलामा खसेको हो । उक्त जिपमा ५ यात्रु सवार थिए जस मध्य दुई जना सकुशल छन् भने घाईते ३ जनालाई उपचारको लागि पाल्पा लगिएको सवारीधनी कालीगण्डकी गाउँपालिका वडा नं ३ साबिकको ९ का गिरि प्रसाद श्रीसले जानकारी दिए । गाडी चालक पुर्तिघाट पुलिस चौकी निगरानीमा राखिएको छ । जिप दुर्घटनाग्रस्त हुनुको मुख्य कारण ब्रेक फेल रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको पुर्तिघाट प्रहरी चौकीका प्रमुख असई खिमानन्द खनालले जानकारी दिए । । जिप पुर्तिघाट बजारमा सामान लिनको लागि लम्सराङबाट झरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार